सिन्धुलीको हरिहरपुर् गढी गाउँ पालिकाले ल्होछारको अवसरमा २ दिन छुट्टी दिने निर्णय गरेको छ। आज सुचना जारि गरि हरिहरपुरगढी गाउँपालिकाको गाउँ कार्यपालिका बैठक बसी गाउँपालिकामा बहुसंख्यक बसोबास रहेको तामाङ जातीको मुख्य पर्व सोनाम ल्होछारको उपलक्ष्यमा मिती २६ र २८ गते छुट्टी दिने निर्णय गरेको हो।
बिदाका दिन कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, विद्यालय तथा अन्य शिक्षण संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु र अन्य सार्वजानिक सघं सस्थांहरुमा बन्द हुने भएका छन् साथै पालिकाले स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण तामाङ समुदायलाई सोनाम ल्होछार पर्वको शुभकामना ब्यक्त्त गरेको छ।