पदमपोखरिमा मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

10

माघ १७ ,हेटौंडा ,पदमपोखरी अस्पताल हेटौंडाको आयोजनामा हेटौंडा १३, वनस्पतिमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत आज शिविर आयोजना गरिएको अस्पतालका सिनियर अहेव शेर बहादुर ब्लोनले जानकारी दिनुभयो ।

received 1484202179109312


वनस्पतिको सामुदायिक प्रहरी बिटको प्राङ्गणमा भएको स्वास्थ्य परीक्षण कार्यक्रममा विभिन्न प्रकारका ७१ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको ब्लोनले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा ३० वर्ष उमेर पुगेका र कहिलैपनि स्वास्थ्य संस्थामा गइ कुनै पनि परीक्षण नगरेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको उहाँले बताउनुभयो ।

received 1484202179109312 1


शिविरमा सिनियर अहेव शेर बहादुर ब्लोन, पूर्ण विक्रम अधिकारी, स्टाफ नर्स वास्नामाया स्याङ्तान लगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । परीक्षणका क्रममा जटिल अवस्थाका १२ जना बिरामीको पहिचान गरि हेटौंडा अस्पताल रेफर गरिएको सिनियर अहेव ब्लोनले जानकारी दिनुभयो । उहाँका अनुसार रेफर गरिएका बिरामीको हेटौंडा अस्पतालमा निशुल्क उपचार हुनेछ ।
आगामी दिनमा हरेक शुक्रबार पदमपोखरी अस्पतालमा निशुल्क परीक्षण गरिने उहाँले बताउनु भयो । कार्यक्रममा समाजसेवी अशोक डिमडुङ, वडा सदस्य दावा लामा, सानुमाया नेपाली, स्वास्थ स्वयमसेविका मीना स्याङ्तानलगायतको उपस्थिति रहेको थियोे ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: