Home समाचार

समाचार

हेटौंडा: नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरले पत्रकार हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि प्रसाद हुमागाईले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र महाँसंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारबाहीका लागि माग गर्नुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रदेशका मुख्यमन्त्री तामाङले पत्रकार र सञ्चारगृह माथी भएको आक्रमण निन्दनीय भएको र दोसीलाई कार्बाही गर्नका लागि लागिपर्ने बताउनुभयो ।

received 2989274494569627


यसैगरी मकवानपुरका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पत्रकार महासंघबाट प्राप्त ज्ञापनपत्र आजै गृहमन्त्रालयमा पठाइने र दोसीलाई कार्बाही गर्नका लागि आफु लागिपर्ने बताउनुभयो ।

सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघले माग गरेको छ ।

यही चैत १६ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको सरकारलाई अवगतै भएकाले दोसीलाई कार्बाही गर्नका लागि माग गरिएको महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हुमागाईले बताउनुभयो ।

हिंसात्मक घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर भएको जनाएको छ । अतः बागमती प्रदेशका मुख्यमन्त्री।ज्यूमार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको हो ।

सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघ जोडदार माग गरिएको छ ।

विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले जोडदार माग गरेको छ ।

0 comments
0 FacebookTwitterPinterestEmail

श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा सुरु हुँदै छ । तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको आइतबार ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसक्नु भएको छ । पार्टीका अतिथिहरू र प्रतिनिधिहरू समेत आज बेलुका र भोलि बिहानसम्म विराटनगर पुग्नुहुने छ । संगठनले पाहुना, केन्द्रीय पदाधिकारी र सदस्यलाई आजबाटै र प्रतिनिधिहरूलाई भोली र पर्सिको लागि आवासको व्यवस्था गरेको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिनुभयो । महाधिवेशनले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दै छ ।

महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिनुभयो । महाधिवेशनको लागि सबै तयारी पुरा कार्यक्रमको तयारीमा जुट्नु भएका संगठनका सचिव विक्रम लुइँटेलले जानकारी दिनुभयो । ‘अतिथि सत्कार, प्रतिनिधिहरूको आवास, कार्यक्रम स्थलको तयारी, खाना लगायतको सबै व्यवस्थापन भइसकेको छ, कार्यक्रममा सहभागी हुने प्रतिनिधिलाई १० गते बिहानदेखिकै खाजा, खाना र आवासको व्यवस्था मिलाइएको छ, प्रतिनिधिलाई चैत १० र ११ गते लागि आवासको व्यवस्था मिलाएको छ’, लुइँटेलले भन्नुभयो ।

प्रेस चौतारी नेपालका विभिन्न पदका लागि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा भएका छन् ।

उम्मेदवारी घोषणा भए पनि सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास हुने बताइएको छ । संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने बताउनुभयो । ‘ भरसक सहमतिको प्रयास हुन्छ, सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, बस्नेतले भन्नुभयो ।

0 comments
0 FacebookTwitterPinterestEmail

बागमती: मकवानपुरको बागमती गाउँपालिका-३, सुख्खा निवासी हिमाल विकलाई आरण सामग्री वितरण गरिएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष सर्केस घलान, प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी, पालिकाका सामाजिक विकास संयोजक एवम् बागमती-३ का वडाध्यक्ष कमान सिं पाख्रिन लगायतका टोलीले विकको घरमै पुगेर आरण सामग्री वितरण गरिएको हो ।

विकलाई निवासमै पुगेर ५० हजार रुपैयाँ बराबरको आरण सामग्री वितरण गरिएको वडाध्यक्ष पाख्रिनले बताउनुभयो ।
वडाभित्रै एक मात्र आरण चलाउँदै आइरहेको विकलाई वडाले बजेट विनियोजन गरेर सामग्री वितरण गरिएको हो ।

आरण सामग्री वितरण गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष सर्केश घलानले श्रम जीवनयापन गर्ने आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो `श्रम गर्नुपर्दछ। श्रम गरेमा कोही सानो हुँदैन। श्रमले नै मानिसको आत्मनिर्भरतामा सहयोग पुग्छ।´ उक्त सामग्रीले विकलाई थप सहजता हुने उहाँको भनाई छ । उहाँले सबै जना श्रममा जोड्न आग्रह पनि गर्नुभयो ।

सामग्री वितरण कार्यक्रममा बागमती-३ का पुर्वअध्यक्ष बल बहादुर पाख्रिन, वडा सदस्य तुल बहादुर मोक्तान, पुर्व वडा सदस्य वीर बहादुर थिङ, गढन दुग्ध सहकारीका उपाध्यक्ष एक्क बहादुर दोङ र अविशेक मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

0 comments
1 FacebookTwitterPinterestEmail

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -१ बसेरी गढी किल्लामा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली सेना श्री भवानीबक्स गण र हरिहरपुरगढी गाउँपालिकाको सहकार्य तथा समन्वयमा ऐतिहासिक हरिहरपुरगढी – सिन्धुलीगढी पदयात्रा आज एक औपचारिक कार्यक्रम बिच सुरु भएको छ ।

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मा, श्री नं ९ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी युवराज कार्की,भवानीबक्स गणका गणपति प्रमुख बद्री कुबर, नं.१ वन तथा पर्यावरण सुरक्षा गणका सेनानी पुरुषोत्तम आचार्य,सर्लाहि जिल्ला स्थित भैरवीदल गणका गणपती प्रमुख सुर्यबहादुर कार्की, दोलखा जिल्ला स्थित गरुणदल गणका गणपति सुरज बस्न्यात, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, महोत्तरी जिल्ला स्थित गोरखनाथ जिल्लाका निमित्त गणपति सेनानी ध्रव कार्की , रामेछाप जिल्ला स्थित खड्कदल गणका निमित्त गणपति सेनानी हरिप्रसाद तिवारी, शशस्त्र प्रहरी प्रमुख बलराम प्रसाई, सिन्धुलीगढी तथा ऐतिहासिक साँस्कृतिक सम्पदाहरु सम्वन्धि विज्ञ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल चौरसिया, वडाअध्यक्षहरु तथा गाउँपालिकाका शाखागत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

हरिहरपुरगढी किल्लाबाट आज हिडेका ४५ जना सेनाको टोली , जितपुर भीमगढ, सेपाहा, मरिण गाउँपालिकाको खलंगा, मधुवनी, घ्याङलेख गाउँपालिकाको चन्दनपुर, फापरचुली, सुनकोशी गाउँपालिकाको बन्दीपुर, मतानवास, नागी हुँदै फागुन १४ गते सिन्धुलीगढी पुग्नेछन् ।

0 comments
0 FacebookTwitterPinterestEmail

सिन्धुली: किरात देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी आज सम्पन्न भएको छ । गत बुधबार  देखि सञ्चालन भएकाे साे कार्यक्रम आज शुक्रबार सम्पन्न भएकाे हाे ।
हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिको आयोजनामा सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ गुर्जी स्थित  हायात हाेटलमा गाेष्ठी सञ्चालन भएकाे थियाे ।
कार्यक्रममा किरात देवास राईहरूले बाेल्ने  भाषाकाे पाठ्यपुस्तक तयार पार्नकाे लागि लेखान सीप सम्बन्धी प्रशिक्षण गरिएकाे हिमाली आदिवासी समाजका कार्यक्रम निरिक्षक राजमान राईले जानकारी दिनुभयाे । कार्यक्रममा सहभागीहरूले देवास भाषामा आफ्नाे जातीय  इतिहास, संस्कार, संस्कृति, गीत, कला तथा साहित्य सम्बन्धी लेखहरू तयार पारिएकाे र उक्त लेखलाई पाठ्यपुस्तकमा समेटिने निरिक्षक राईले बताउनु भयाे । वहाँका अनुसार  देवास राई भाषाकाे वर्ण पहिचान पछि पाठ्यपुस्तक निर्माणकाे कार्य थालनी गरिएकाे हाे । पाठ्यपुस्तक निर्माण पछि  देवास राई  समुदाय स्तरमा प्रवाहका लागि कक्षाहरू सञ्चालन गरिने याेजना समेत रहेकाे छ ।

कार्यक्रमकाे समापन सत्रमा समाजका कार्यबाहक अध्यक्ष श्याम बहादुर राईले  देवास राई भाषाकाे पाठ्यपुस्तक निर्माण  गर्नका लागि आर्थिक तथा प्राविधिक सहयाेग गर्ने हिमाली आदिवासी समाज नेपाल नामक संस्थालाई धन्यवाद दिए ।

  गाेष्ठीमा मकवानपुरकाे बागमती गाउँपालिका र सिन्धुलीकाे हरिहरपुगढी गाउँपालिकाका १८ जना प्रशिक्षार्थीहरूकाे सहभागिता रहेकाे थियाे । देवास राई भाषाबाट पाठ्यपुस्तक लेखन सम्बन्धी यस कार्यक्रम देवास राईहरूका लागि एक  ऐतिहासिक कार्य भएकाे र आफूहरूले  विशेष चासाेका साथ लिएकाे सहभागीहरूले बताए । आफूले बाेल्ने भाषाकाे वर्णहरू समेत थाहा नभएकाे र यस कार्यक्रममा वर्ण पहिचान गर्न पाउँदा र आफै पाठ्यपुस्तक निर्माण गर्न पाठ्यसामाग्री तयारीका लागि लेखनशैली सीप समेत सिकेर पाठ्यवस्तु तयार पारी दिन पाउँदा आफूहरू अत्यन्तै खुशी भएकाे सहाभागीहरूकाे प्रतिक्रिया थियाे ।

प्रशिक्षण गाेष्ठी कार्यक्रममा हिमाली आदिवासी समाज नेपालकी कार्यक्रम संयाेजक टेसी डाेमा भाेटे ल्हाेमी र समाजका सहजकर्ता टिआर कठरियाले सहजिकरण गर्नु भएकाे थियाे । 

किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिद्वारा आयाेजित तीन दिवसीय साे कार्यक्रमकाे समापन कार्यबाहक अध्यक्ष श्याम बहादुर राईकाे अध्यक्षतामा भएकाे थियाे ।

0 comments
0 FacebookTwitterPinterestEmail

सिन्धुली : किरात देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी सुरू भएको छ । बुधबार हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिको आयोजनामा सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ गुर्जीस्थित हायात हाेटलमा गाेष्ठी सुरू भएको हो ।

किरात देवास राईहरूकाे बाेल्ने देवास भाषाकाे पाठ्यक्रम एवम् पाठ्यपुस्तक  लेखनका लागि गाेष्ठी आयाेजना गरेकाे समाजका उपाध्यक्ष राजमान राईले जानकारी दिनुभयाे । देवास राई समुदायले बाेल्ने भाषाकाे पाठ्यक्रम र पाठ्यपुस्तक हालसम्म लेखनकाे कार्य नभएकाेले देवास भाषाकाे पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार गरि देवास राई समुदायमा प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे उपाध्यक्ष राईले बताउनुभयाे । गाेष्ठीमा मकवानपुरकाे बागमती गाउँपालिका र सिन्धुलीकाे हरिहरपुगढी गाउँपालिकाका सहभागी २६ जनालाई देवास राई  भाषा पढाइ प्रवाहबारे प्रशिक्षण दिएकाे वहाँले बताउनुभयाे ।

प्रशिक्षण गाेष्ठी कार्यक्रममा हिमाली आदिवासी समाज नेपालकी कार्यक्रम संयाेजक टेसी डाेमा भाेटे ल्हाेमी र समाजका सहजकर्ता टिआर कठरियाले सहजिकरण गर्नु भएकाे छ ।  उहाँले वर्ण निर्माण कार्यक्रम, शब्दकोष निर्माण, अनौपचारिक साक्षरता कार्यक्रम, डिजिटल लेखन र परम्परागत ज्ञान, सिप संरक्षण र सम्बर्द्धन तथा लेखन बारे जानकारी गराउनुभयो ।

आयाेजक किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष श्याम बहादुर राईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बागमती गाउँपालिका वडा नम्बर १ का कार्यबाहक वडाध्यक्ष हस्त थिङ, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ का अध्यक्ष विश्व राई, समाजका मकवानपुर जिल्ला अध्यक्ष बद्री बहादुर राई, उपाध्यक्ष लव राई, काेषाध्यक्ष हेमकर्ण राई, केन्द्रीय समितिका पूर्व उपाध्यक्ष सूर्य राई, संस्थापक महासचिव उद्धव राई, पूर्व काेषाध्यक्ष आनन्द राई, जिल्ला समिति मकवानपुरका पूर्व अध्यक्ष विष्णु बहादुर राई

राई उत्थान समाज नेपालका अध्यक्ष चन्द्र बहादुर राई, बाबुराम राई लगायतको आतिथ्यता रहेको थियो । गाेष्ठी माघ १८ गते शुक्रबार सम्म हुनेछ ।

0 comments
0 FacebookTwitterPinterestEmail

हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाट संघको सशक्त नेतृत्वको आवश्यकताबारे आफ्नो स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत भएका छन्। संघको हालका गतिविधि र व्यवसायीहरूको समस्याप्रति असन्तुष्टि व्यक्त गर्दै उनले व्यवसायीहरूको हक, अधिकार, र हितलाई सुदृढ गर्न आफ्नो उम्मेदवारी घोषणा गरेको बताउछन । व्यवसायीक सोच, योजनाबद्ध दृष्टिकोण, र सुधारको अठोट लिएर अघि बढिरहेका रानाभाट हाल संघका उपाध्यक्षसमेत हुन्।

प्रमोद सिंह रानाभाट संघको नेतृत्वमा व्यवसायीहरूको हित सुनिश्चित गर्न थप सुधार र सशक्तिकरणको आवश्यकता महसुस गर्छन्। उनका अनुसार संघ व्यवसायीहरूको साझा मञ्च हो, तर विगतका वर्षमा संघले व्यवसायीहरूको वास्तविक समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन। रानाभाट भन्छन्, “संघले व्यवसायीक वातावरण सुधार गर्नुपर्छ। व्यवसायीहरूको समस्यामा समाधान खोज्ने, उनीहरूको हक र अधिकारका लागि सरकारसमक्ष बलियो आवाज उठाउने आवश्यकता छ। म यही कमीलाई पूरा गर्न आएको हुँ।”
रानाभाटका अनुसार, व्यवसायीहरूले स्थानीय सरकारदेखि संघीय सरकारसम्म कर प्रणाली, अनुमति प्रक्रिया, र अन्य प्रशासनिक जटिलताका कारण धेरै समस्याहरू भोगिरहेका छन्। व्यवसायीक हितका लागि प्रभावकारी नीति र त्यसको कार्यान्वयन अभाव हुँदा व्यवसायीहरूले आफ्नो व्यापारलाई सहज बनाउन कठिनाइ महसुस गरिरहेका छन्। उनी भन्छन्, “व्यवसायीहरूको समस्या समाधान संघको मुख्य भूमिका हो। तर, विगतमा संघले यी समस्याहरूलाई सम्बोधन भएपनी पर्याप्त भएको दिएको छैन। व्यवसायीहरूको आवाजलाई सशक्त बनाउँदै उनीहरूको समस्यामा दिगो समाधान खोज्न म प्रतिबद्ध छु।”

हेटौंडा बजारमा भइरहेको सडक विस्तारलाई व्यवस्थित गर्न र व्यवसायीहरूको हितलाई सुनिश्चित गर्न पनि रानाभाटले सरकारसँग समन्वयकारी भूमिका खेल्न आवश्यक देखेका छन्। “सडक विस्तार हेटौंडाको विकासका लागि जरुरी छ। तर, यो काम व्यवस्थित ढंगले अघि बढ्नुपर्छ। व्यवसायी र घरधनीलाई मर्का नपर्ने गरी सरकारले समन्वय गर्नुपर्छ,” उनले भने।
संघलाई सबै व्यवसायीहरूको प्रतिनिधित्व गर्ने प्रभावकारी संस्था बनाउने योजनासहित रानाभाट अघि बढेका छन्। व्यवसायीक हितका लागि संघको पहुँच प्रत्येक व्यवसायीसम्म पुर्‍याउने उनको अठोट छ। उनी भन्छन्, “संघ केवल केही सीमित व्यवसायीहरूको संस्था होइन। यो सबै व्यवसायीहरूको साझा मञ्च हो। मेरो नेतृत्वमा संघले व्यवसायीहरूको हरेक गुनासोलाई समयमै समाधान गर्न सक्ने बनाइनेछ।”

रानाभाटले महिला र युवा उद्यमीहरूको सशक्तिकरणलाई पनि प्राथमिकतामा राखेका छन्। उनले विशेष तालिम, सहुलियत ऋण, र व्यवसायीक अनुदान कार्यक्रमहरू सञ्चालन गरेर उनीहरूको क्षमता विकास गर्ने योजना अघि सारेका छन्। “महिला र युवाहरू उद्यमशीलतामा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। उनीहरूलाई सशक्त बनाउन विशेष पहल गरिनेछ,” रानाभाटले बताए।

मकवानपुरका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन ठोस योजना र रणनीति आवश्यक रहेको उनले बताएका छन्। “हाम्रो उत्पादन गुणस्तरीय छ, तर अन्तर्राष्ट्रिय बजारमा पु-याउन सही रणनीति छैन। संघले व्यापार प्रवर्द्धनका लागि निर्यात योजनामा काम गर्नेछ,” उनले भने।

प्रमोद सिंह रानाभाटलाई भोट किन दिने भन्ने प्रश्नमा उनी आफ्नो अनुभव र प्रतिबद्धता प्रस्तुत गर्छन्। “मकवानपुर उद्योग वाणिज्य संघ व्यवसायीहरूको हक र अधिकारका लागि बनेको संस्था हो। तर, विगतमा यो संस्था व्यवसायीक अपेक्षाअनुसार प्रभावकारी हुन सकेको छैन। मेरो नेतृत्वमा संघले व्यवसायीक हितलाई प्राथमिकता दिनेछ। व्यवसायीहरूको समस्यामा दिगो समाधान खोज्ने र उनीहरूको हकको रक्षा गर्ने मेरो प्रतिबद्धता छ। म केवल नेतृत्वका लागि होइन, व्यवसायीहरूको विश्वास जित्न आएको हुँ। यस पटकको निर्वाचनले संघलाई सही नेतृत्व दिनेछ,” रानाभाटले भने।

उनले व्यवसायीहरूलाई संघको महत्त्व बुझ्न र सही नेतृत्व छान्न आग्रह गरेका छन्। “यो निर्वाचन केवल नेतृत्वको चयन होइन, यो मकवानपुरका व्यवसायीहरूको भविष्यको दिशा तय गर्ने अवसर हो। संघ व्यवसायीहरूको लागि हो, र यसलाई सशक्त बनाउन तपाईँहरूको मतको आवश्यकता छ। आउनुस्, सबै मिलेर संघलाई प्रभावकारी बनाऔं,” उनले भने।

0 comments
0 FacebookTwitterPinterestEmail

सिन्धुलीको इनारपानीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । हिजो साँझ ७ः५० बजेको समयमा कमलामाई ननगरपालिका वडा नं.९ ईनारपानी स्थित मदन भण्डारी राजमार्गमामा दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो।

 ना ४७ प ६४४ नं. को एफजेट बाईक भिमानबाट चन्दनपुर तर्फ जाँदै गर्दा  मोटरसाईकल अनियन्त्रित भई सडकको बाँया साईडको पिलरमा ठोक्किन गई दुर्घटना हुंदा मोटर साईकल चालक गम्भिर घाइते भई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली तर्फ पठाएकोमा शनिवार राती ८ः२७ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रमुख प्रहरी नायब उपरीक्षक अनिल कुमार खडकाले जानकारी दिए ।

मृत्यु हुनेमा जिल्ला महोत्तरी बर्दीबास नं.पा.२ हङकङ डाडा बस्ने  २५ बर्षको नारायण श्रेष्ठ रहेका छन् । घटनाको बिषयमा  अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

0 comments
0 FacebookTwitterPinterestEmail

सिन्धुलिको हरिहरपुरगढी गाउँपालिका–१ गुर्जीडाँडा स्थित सम्झना प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । आज एक समारोहबीच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले भवनको उद्घाटन गर्नुभएको हो ।

विद्यालयको सुन्दर भवनबाट बालबालिकालाई उन्नत ज्ञान र चेतना प्रवाह गर्ने सामर्थ्य राख्ने अपेक्षा व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल राजनले नवनिर्मित विद्यालयमा आवश्यक सामग्री डेस्क बेञ्चका साथै घेराबार, शौचालय, खेलकुद चौरलगायत पूर्वाधार निर्माणका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

img 20241118 wa00086402869057993356908

त्यस्तै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले विद्यालयको भौतिक संरचना आकर्षक र सुन्दर बनेकाले अब विद्यार्थीलाई संस्कारसहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयको भवन सबैको साझा सम्पत्ति भएकोले यसको रेखदेख गर्ने दायित्व स्थानीयकोसमेत भएको बताउनुभयो ।

संघीय सरकारको विशेष अनुदानमा उक्त विद्यालयको चारकोठे भवन निर्माण गरिएको हो । २०८० मङ्सिर २२ गते कुण्डलीनी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिसँग ३५ लाख ६८ हजार रुपैयाँमा निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीले गत जेठ ३० गते विद्यालय भवन निर्माण सम्पन्न गरेको थियो । भवन निर्माण सम्पन्न हुँदा सम्झौता रकमभन्दा न्यून ३४ लाख ३७ हजार ८८० रुपैयाँ खर्च भएको सोमबार सार्वजनिक विवरणमा उल्लेख छ ।

20241118 1404416787352279412972582

गाउँपालिकामा गत आर्थिक वर्षमा संघीय सरकारको अनुदानबाट २ वटा प्राथमिक विद्यालयको भवन निर्माण सम्मन्न भएको तथा चालू आर्थिक बर्षमा ७ वटा विद्यालयको भवन निर्माण हुनेछ ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, १ नम्बर वडाका अध्यक्ष जितबहादुर थिङ, वडा नम्बर ३ वडा अध्यक्ष कुल बहादुर भोलन,वडा नम्बर ५ का वडा अध्यक्ष साईला लामा ,पुर्ब पालिका उपाध्यक्ष अनिता कुमारी राई ,माओबादी केन्द्र प्रदेश सदस्य ज्ञान बहादुर राई,  राष्ट्रिय भुमी आयोग सिन्धुलीका पुर्ब अध्यक्ष बाबुराम राई, योजना शाखा प्रमुख राजु कुमार उप्रेती ,जिन्सी शाखा प्रमुख दिपक कार्की  इन्जिनियर बेन्जामिन श्रेष्ठ,सब इन्जिनियर विश्व थापा, शिक्षा शाखा प्रमुख यम कुमार अछामे, प्रेम बिश्वकर्मा लगायतको उपस्थित रहेको थियो ।

0 comments
0 FacebookTwitterPinterestEmail

आजबाट छ्ठ पर्व सुरु

by

आज बाट छ्ठ पर्व सुरु भएको छ ।चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन बर्तालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो दिन साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

नेपालको विशेष रूपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

0 comments
0 FacebookTwitterPinterestEmail

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: