Home साहित्य

साहित्य

बागमती – बर्जरपेन्ट्स प्रा.लि.ले ६५ हजार बराबरको सहयोग गरेको छ।बागमती गाउँपालिकाको नब निर्मित सहिद स्मृति रंगशालामा रंग रोगनको लागि बर्जर पेन्टसले सहयोग गरेको हो।

मोफसलकै उत्कृष्ट बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता मा ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहेको प्रतियोगिता बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुदै छ।

बागमती गाउँपालिकाको आर्थिक सहयोग र बागमती गाउँपालिका युवा तथा खेलकुद बिकास समितिको आयोजनामा आउदो फागुन ३ गतेबाट बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सहिद स्मृति रंगशाला झुरझुरेमा हुँदै छ। बागमती गाउँपालिका वडा न.६ निवासी युवा समाजसेवी सुरेश तुम्सिङको पहलमा बर्जर पेइन्टसका मकवानपुरका एच आर म्यानेजर सुरज लामिछाने मार्फत १२० लि. रङ सहयोग प्राप्त भएको छ।

यसअघिका संस्करण जनता मा.वि . फापरबारीमा हुँदै आएको थियो ।यस सस्करणमा उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने छन् । त्यसै गरी प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैंया सहित शिल्ड प्राप्त गर्नेछन् ।

0 comments
0 FacebookTwitterPinterestEmail

ए मेरो चस्मा
मैले किनेको अनि मैले लाएको
मेरै आफ्नो चस्मा ।
न मेरो अनुहारमा सुहाएको छ
न मेरो कानमा अडिएको राम्रो संग
बाहिर हेर्छु सबै अर्कै देख्छु
घरी घरी आखै बन्द पार्ने मेरो चस्मा
ए मेरो चस्मा …….
न अरुलाई राम्रो देख्छु
बेलाबेला आफैलाई झुक्याउने मेरो चस्मा
दुई संगै बसेनी शंका गर्छ मेरो चस्मा
एउटै बाटो हिनेनी शंका गर्छ मेरो चस्मा
कहिले त निकालेर फालुफालु लाग्छ मेरो चस्मा
हैन म सगै सानै देखीको सहयात्री मेरो चस्मा
मैले जे सोच्यो जे भन्यो तेहि गर्ने चस्मा
यसो बिचार गरेकोत बिचरा चस्मा
बिचरा चस्माको त के दोश हगि
चस्मा चलाउने मेरो मन पो दोषी रहेछ
वल्ल थाहा पाए गरौ के त्यति बेला सम्म
मेरो मन छिप्पि सकेको रहेछ
मैले मनलाई नियन्त्रण गर्न सक्दिन
अब जे छु त्यहि हुन्छु जे चलि रहेछ
त्यहि चल्छ मेरो चस्म बल्ल बुझे
मनै खराब रहेछु बिचरा मेरो चस्मा
आखिर निश्चल निर्मल र सरल रहेछ
बुझ्न नसक्नु मेरो भुल रहेछ
जान्न नसक्नु मेरो कमजोरी रहेछ
एकदिन चस्मा हैन मन सफा पारी हेरे
चस्माको दोश हैन रहेछ मेरो मन
मेरो मष्तिक अनि बनी जो म संगै छ
आखिर मेरो कमजोरी नै कमजोरीले भरीएको
म त एउटा मखुण्डो जस्तै मानब रहेछु
मेरो बिचरा चस्मा………।

0 comments
0 FacebookTwitterPinterestEmail

आऊ ऊ त्यो पारी डाँडाको टुप्पोमा बसेर
आकशको ताराहरुलाई नियालौँ
करोडौं छन तै पनि सबै चम्किरहन्छन।

झर्णाहरु मुहानदेखि जमिनसम्म छ्याङ छ्याङ गर्दै झर्छन
सयौं पातपतिङ्गर ,पत्थरहरुलाई छुँदै बग्छन
तै पनि झण त्यो शुद्ध ,कञ्चन भएर निस्कन्छन।

कोईलीले कुहुँ कुहुँ गर्दा किन आहा लाग्छ ?
कागले काग काग गर्दा किन बिरक्तिएर आउँछ ?
यो पारिलो घाममा माँहुरी किन भुनभुनाएको ?
आजकाल मान्छेले मान्छेलाई किन सुन्दैन ?

यी माथीका रहस्यहरु जान्नु छ।

मीठो पाक्ने बस्ती नजिक बस्नु चरम दु:ख हो
आऊ प्रिया ,गुन्द्रुक र ढिँडो पस्क
त्यो पारी खेतको आलिमा बसेर खाँनुछ
मीठो परिकारको बास्न भन्दा अलि टाढै।

गुन्द्रुक र ढिँडो खाएको बेस आनन्दी मनले
यति गर्यो भने दु:खले आफैं आत्महत्या गर्नेछ।

मान्छेहरुले नयाँ नयाँ लुगा लगाउँछन
आज चम्किन्छन भोलि हुदैनन्
त्यता हेर्नू खुशी गुम्नु हो
सम्झनु ,म जन्मिदा नाङ्गै आएको थियो।

छोड्नु सुख हो ,झन खोज्नु झन दु:ख हो।
आऊ प्रिय,सब चाहना छोडेर हामी प्रेमको लिलामा बाँधौं।
तिमिले मेरो काँधमा शिर राख्नु म तिमिलाई सुमसुम्याउँछु
र यो खुल्ला पृथ्वीलाई एकसाथ नियाल्दै सोचौँ त!

हावा चलि नै रहन्छ,सुर्य चम्की नै रहन्छ
हामीले मीठो खाऊँन या नखाऊँन
अरुले राम्रो लगाऊँन या नलगाऊँन
यो समय,चक्र निरन्तर बगिरहन्छ।

समय बग्नु भनेको तिमी र म सङ्गै बग्नु हो।
हामी सबै बग्नु हो।
जे छ त्यसैमा रम्नु ,त्यो सत्यलाई बुज्नु हो
सत्यलाई बुज्नु,तारा जस्तै चम्कनु हो
झर्ण जस्तै कञ्चन हुनु हो।

आह! कति मीठो,
फेरि एक डल्ला ढिँडो थपौ त प्रिय !

आऊ यसरी दु:खको हत्या गरौँ ।

कवि:अमृत चोहो ब्लोन हाल शिक्षण पेशामा आबद्द हुनुहुन्छ ।

0 comments
0 FacebookTwitterPinterestEmail

मुक्तक १

चित्त नबुझे भन्दिए हुन्थ्याे मेरै सामू आएर
बिना सित्ति नबस्नू अरूकाे खिल्ली उडाएर
जस पाउदैन रहेछ राम्राे काम गर्नेले यहाँ
गल्ती गर्‍याै आमा स्वार्थी संसारमा जन्माएर ।

मुक्तक २

साहुकाे ऋण तिर्न नपाई अर्काे ऋण थपिएछ
जिन्दगीले पनि के सम्झेर यसरि दु:ख दिएछ
भनीदेउ न भगवान कति छन् दु:खका दिनहरू
तनावकाे कराैँतिले मन-मस्तिष्क रेटिएछ ।

मुक्तक ३

ऋणकाे भारिले थिचिए जिन्दगी मेराे
तनावकाे कराैँतिले रेटिए जिन्दगी मेराे
अब अरू खबर के सुनाउनू तिमीलाई
आजकाल माैसम झैँ बदलिए जिन्दगी मेराे ।

मुक्तक ४

जिन्दगीमा अनेक समस्याले दु:ख दिन आउने रहेछ
छिनछिनमा मान्छेलाई पागल जस्ताे बनाउने रहेछ
पैसा नभएकै दिन भाेग्नुपर्दा यस्ताे कष्टकर जिन्दगी
तनाव गराउने रहेछ मन-मस्तिष्क खल्बलाउने रहेछ ।

मुक्तक ५

जिन्दगीमा अचानक दु:खकाे बाढी उर्लेर आएकाे छ
आँखैसामू मेरा कैयाैं सपनाहरू छिनभरमै बगाएकाे छ
जति दु:ख दिनु छ देउ दैव ! अझै म अभागी मान्छेलाई
लाग्छ दु:खकाे अभिनय गर्न मेराे जिन्दगी सुहाएकाे छ ।

प्रवेज राज राई
बागमती – ०२ , राईगाउँ
मकवानपुर

0 comments
0 FacebookTwitterPinterestEmail

तिमिले उठ भन्यौ म उठे
हिड भन्यौ हिडे
तिमिले मलाई उठ भन्दा
मेरो घर पनि उठ्न पर्थ्यो,चल्न पर्थ्यो।

मैले देखाउछु भनेको छैन
देखाउदै हिडेको पनि छैन।
बस त्यो त मेरो एउटा कर्म थियो।
आफै हेरेर अहिले चिन्न सकिन भन्दैछ।

म आफैं उठिसकेर तिमिले उठाउछु भन्नु
बितिसकेर मकैमा मल हाल्नु जस्तै हो।
हालिन्छ तर फल दिदैन।

मलाई बोट सम्झिनु
बितिसकेर मल हालेको एउटा बोट।

हो तिमिले चिन्न नसकेको
मान्छे हुँ म।
-अमृत चोहो ब्लोन।

लेखक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको बिध्यालयमा शिक्षण पेशामा आबद्द हुनुहुन्छ।

0 comments
0 FacebookTwitterPinterestEmail

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: