Home मनोरन्जन

मनोरन्जन

गायक चेतन राईको नयाँ गीत ‘जापानिज साडी’ सार्वजनिक भएको छ । गायक राईकै शब्द, सङ्गीतमा तयार भएको गीतको भिडियो समेत आकर्षक बनेको छ । मोडल सुजन सुवेदी र रिया तिवारीको अभिनय रहेको म्युजिक भिडियो चितवनका रमणीय स्थानमा छायाङ्कन गरिएको हो । सफल पौडेलको छायाङ्कनमा तयार भएको भिडियो निर्देशन समेत राईले नै गरेका हुन् । सम्पादनको जिम्मेवारी राज धामीले पुरा गरेका छन् । यो गीत राईको नयाँ एलबम ‘स्पीड’मा समावेश भएको छ ।

सल्यान जिल्लामा जन्मेका गायक राईले पप तथा आधुनिक विधाका गीत गाउने गर्छन् । उनको पहिलो एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ उनलाई त्यस समयमा परिचित गरायो । त्यसपछि सन् २०१५ मा दोस्रो एलबम ‘साउण्ड’ निकाले । केही वर्षको अन्तरालमा तेस्रो एलबम ‘स्टेप’ उनले पस्केका थिए । एकपछि अर्को साँगीतिक कोसेली पस्केका उनी देश तथा विदेशका कार्यक्रममा समेत व्यस्त हुन थालेका छन् । ‘स्पीड’ उनको चौथो एलबम हो ।  गीतको भिडियो राईले आफ्नै युट्युब च्यानल चेतनराई अफिसियलबाट सार्वजनिक गरेका छन्। 

0 comments
0 FacebookTwitterPinterestEmail

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित गुर्जीमा सोनाम ल्होछारको अवसरमा बृृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । ल्होेछार मेला समिति हरिहरपुगढीको आयोजनामा यहि माघ १७ र १८ गते दुई दिन कार्यक्रम हुने भएको हो ।

गुर्जीस्थित गुम्बाचौरमा हुने सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा विशेष आकर्षणको रूपमा राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको सेलो साङ्गतिक प्रस्तुति र नृत्य प्रस्तुति हुने भएको छ । कार्यक्रममा चर्चित कलाकारहरु विशाल कल्तान, गिता योन्जन र सानुबाबु घिसिङ आउने भएका छन् । यस्तै आशाराम थिङ, मनोज बल, हिमाल राई, विशाल राज राई,रोशन गहतराज, करण विष्ट, अस्मिता तामाङ, उषा लोप्चन, रेखा मगर, सुमन रुम्बा, जेके लामा, विशाल तामाङ र अनिल राई लगायत कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

कार्यक्रममा तामाङ समुदायको मौलिक सांस्कृतिक परम्परागत रूपमा रहेका ताम्बा,लामा तथा झाँक्री प्रदर्शन हुँदै तामाङ समुदायले खानपिन गरेका विभिन्न खानाका परिकारहरुको स्टलहरु समेत राखिने आयोजकले जनाएको छ ।
यस पटक तामाङ समुदायले मन्जुश्री संवत् २८६१ औं डुल ल्हो (सर्प वर्ष) सोनाम ल्होछारको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँने छन् ।कार्यक्रममा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल राजनको प्रमुख आतिथ्यता ,हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको बिशिस्ट आतिथ्यतामा कार्यक्रम हुने आयोजकले जनाएको छ।

0 comments
0 FacebookTwitterPinterestEmail

हेटौंडा । मुनसन सुपर स्टार मुभिज प्रालिको ब्यानरमा बनेको तामाङ कथानक चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को हेटौंडामा विशेष प्रिमियर शो हुने भएको छ । २० पुषमा हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियरको रुपमा पहिलो शो गर्ने तयारी गरिएको चलचित्र टिमले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रेम कथामा आधारित चलचित्रको ट्रेलर सोही दिन एचएमएम मिडिया युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । मकवानपुरको इन्द्रसरोवरको हुमानेमा छायांकन गरिएको चलचित्रको २४ लाख लगानीमा निर्माण सम्पन्न भएको नायक तथा निर्देशक हुत्त संजय लामाले जानकारी दिए। लोसाङ लामा र इकेश लामा निर्मित चलचित्रमा बिस्वजंग माझीले सह(निर्देशकको भुमिका निभाएका छन्। कार्यक्रमा तामाङ पत्रकार संघं बागमती प्रदेश, ज्ञानेन्द्र लामा, सचीव दिल बहादुर रुम्बा, चलचित्र पत्रकार संघ मकवानपुर उपाध्यक्ष श्रीराम अर्जुन दाहाल, तामाङ कलाकार संघ मकवानपुर अध्यक्ष धिरेन लामा, नेपाल तामाङ संस्कृति घेदुङ मकवानपुर अध्यक्ष अजय गोले, नेपाल पत्रकार महासंघ मकवानपुर सहसहचिव सन्नु रिजाल, नेपाल पत्रकार महासंघ मकवानपुर सदस्य सरोज पौडेल, चलचित्र टिम नायक हेमकुमार तितुङ, नायिका सुनिता लुङ्बा, नायिका तारा थोकर, माया डोल्मा लामा, मनिका सिन्तान, राजकुमार तामाङ, जगत बं. मोक्तान र हिरा बहादुर मुक्तान लगायतको उपस्थिति थियो ।

0 comments
0 FacebookTwitterPinterestEmail

हेटौँडा | भदौ २९ गते हेटौँडाको नागस्वतीमा हुने भनिएको समर म्युजिक फेस्टिभल अब मङ्सिर १५ गते हेटौँडामा आयोजना हुनेछ। पिस नेपाल इन्टरटेन्मेन्टद्वारा आयोजित यस कार्यक्रममा चर्चित र्याप कलाकार भिटेनको विशेष प्रस्तुति हुनेछ।

मौसमी परिस्थितिका कारण स्थगित भएको यस कार्यक्रमलाई अब झनै भव्य र आकर्षक रूपमा आयोजना गर्नका लागि आयोजक तयारीमा जुटेका छन्। कार्यक्रमको बारेमा पिस नेपाल इन्टरटेन्मेन्टका प्रबन्धक बाबु तितुङले भने, “हामी समर म्युजिक फेस्टिभलको आयोजना मङ्सिर १५ गते भव्यतासाथ गर्ने तयारीमा छौं। यस पटक कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाउने योजना छ र जनसहभागिता पनि अत्यधिक हुने विश्वास छ।”

यसअघि दशैं म्युजिक फेस्टिभलको आयोजना गर्दा ७ हजारभन्दा बढी दर्शकहरूको सहभागिता रहेको थियो। यस सफलता र जनसहभागिताबाट उत्साहित हुँदै तितुङले थपे, “दशैं म्युजिक फेस्टिभलको सफलता पछि हामीले यस पटक हेटौँडा-७ नागस्वतीमै मङ्सिर १५ गतेको कार्यक्रमलाई अझ ठूलो स्तरमा ल्याउने तयारी गरेका छौं।”

यसरी, समर म्युजिक फेस्टिभलको स्थगन पछि आयोजकले आगामी मङ्सिर १५ गतेको कार्यक्रमलाई भव्य र सफल बनाउन सबै तयारी पूरा गरेको बताएका छन् र आगामी समयका लागि यस्ता आयोजनोंको तयारी पनि जारी राख्ने बताएका छन्।

0 comments
0 FacebookTwitterPinterestEmail

हेटौंडामा पहिलो पटक ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम सम्पन्न भएको छ। हिजो शनिबार हेटौंडाको पल्पसा सभाहलमा ऐतिहाँसिक रुपमा ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम भएको हो ।

कार्यक्रममा अहिलेका चर्चित गायक प्रकाश तितुङ र चर्चित गायिका सुमिना लोले प्रस्तुती दिएका थिए ।क्याम्साङ गैरिला , छाता कोशी , स्याउ स्याउ नाना लगायतका चर्चित गीत गाएका थिए, पल्पसा सदनको हलमा भएको कार्यक्रममा सयौ दर्शक झुमेका थिए । टुंङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर,एक डम्फू” भन्ने नाराकासाथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित-संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।ओपेरा इन्फोटेन्ट्मेन्टले आयोजना गरेको कार्यक्रममा डम्फु, टुङ्ना सहित लाईभ बाजामा हेटौडामा पहिलो पटक भएको हो ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् भने कार्यक्रमको अध्यक्षता आयोजक संस्था ओपेरा इन्फोटेन्मेन्ट मिडिया प्रालिका प्रबन्धक बिक्रम लुङ्‌बाले गरेका थिए।

कार्यक्रममा अनुमानित संख्याभन्दा बढी दर्शकको उपस्थिति रहेको आयोजकले जानकारी दिए।

0 comments
0 FacebookTwitterPinterestEmail

हेटौंडामा पहिलो पटक ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रमको तयारि भएको छ। यहि कार्त्तिक ९ गते शनिबार गते हेटौंडाको पल्पसा सभाहलमा ऐतिहाँसिक रुपमा ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम हुने भएको हो ।

टुंङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर,एक डम्फू” भन्ने नाराकासाथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित-संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्था ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रालिका प्रबन्धक तथा आयोजक बिक्रम लुङ्बाले जानकारी दिए ।कार्यक्रमा मकवानपुरे चर्चित सेलो गायक प्रकाश तितुङ, गायिका सुमिना लो र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ।
कार्यक्रम दिउसो २ बजे देखि सुरुहुने र प्रवेश स:शुल्क रु.१००० रहेको बिक्रम लुङ्बाले जानकारी दिए ।

0 comments
0 FacebookTwitterPinterestEmail

ओपेरा इन्फो टेन्ट मेन्ट सिने प्रालिले हेटौडामा हेटौंडामा पहिलो पटक लाईभ सेलो साँझ २०८१ गर्ने भएको छ।
आइतबार हेटौंडामा अबस्थित रेड पाण्डा रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै असोज १९ गते हेटौंडा २ स्थित पल्पसा हलमा दिनको २ बजे कार्यक्रम हुने जानकारी दिएको हो ।
बडा दशैंको शुभकामना आदानप्रदान सहित तामाङ समुदायको संस्कार, संस्कृति, कला, भेषभुषा र भाषाको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको ओपेराका सञ्चालक बिक्रम लुङ्बाले जानकारी दिनुभयो ।
टुङ्ना र डम्फु प्रशिक्षण सहयोगार्थ कार्यक्रममा मकवानपुरे तामाङ कलाकार प्रकाश तामाङ सहित सुमिना लो को गायन प्रस्तुति रहनुको साथै विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत रहने लुङ्बाले बताउनुभयो ।कार्यक्रमको टिकट शुल्क पछि जानकारी गराउने कार्यक्रम बिक्रम लुङ्ग्बाले जानकारी दिनु भयो।

0 comments
0 FacebookTwitterPinterestEmail

नेपाल सरकारले टिकटक माथि प्रतिबन्ध फुकाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभएको छ । बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ । तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको कात्तिकदेखि सामाजिक विकृति बढाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

0 comments
0 FacebookTwitterPinterestEmail

फोटोग्राफी यस्तो एउटा विधा हो जसले जिबनका अमुल्य पाटोलाई सम्झना स्वरुप तस्बिरमा सजाउने काम गर्छ। नेपाल र नेपालीको संस्कृति र सुन्दरतालाई विश्वमाझ परिचित गराउन फोटोग्राफरहरूको अहम भुमिका रहेको हुन्छ। नेपालमा अहिले फोटोग्राफरहरुको महत्त्व दिन प्रति दिन बढ्दै गएको पनि पाईन्छ हरेक क्षेत्रमा यसको आबश्यकता पर्ने गर्दछ।
पश्चिम नेपालको सल्यान जिल्लामा जन्मेका पर्वत सेजवाल फोटोग्राफी क्षेत्रमा नयाँ पिडिका चर्चित नाम हो । उनको सानै देखि नै यस क्षेत्र प्रति रुची रहे पनि एसएलसी उर्तिण पछि क्यामेरा छुन तथा चलाउने अवसर पाए । आफु भन्दा अग्रजबाट फोटोग्राफी पेशा सम्बन्धि जानकारी तथा सिक्न पाएको उनि बताउछन।
बिगत ४ बर्ष देखि व्यवसायिक रुपले आवद्ध उनि फोटोग्राफर कुशल भिडियो ग्राफर पनि हुन । विभिन्न पर्व, उत्सव, सभा, सम्मेलन, कार्यक्रममा समेत फोटो खिच्ने काममा ब्यस्त हुदै आएका पर्वत मेहनत र लगनले लागियो भने यो क्षेत्र पनि आरामले आफ्नो जिविकोपार्जन गर्न सकिने बताउँछन ।

0 comments
0 FacebookTwitterPinterestEmail

नेपाली मनोरन्जनात्मक क्षेत्रमा को कहिले चर्चामा आउछ र फेरी हराएर जान्छ त्यसको लेखा जोखा गर्न कठिन छ। दर्शकबीच बिक्नु भन्दा टिक्न गाह्रो छ भन्ने पनि भनाई सुनिन्छ हुन पनि हो अहिले छिट्टै भाइरल हुने फेरी हराउने सामाजिक संजालमा गालि पनि खाएको प्रसस्त उदाहरण छन तर यो पाटो भन्दा अलग्गै पहिचान बनाएर दर्शकको माया बटुल्दै गरेका एक व्यक्त्ति हुन् प्रवेश दनुवार।
उदयपुरमा जन्मेका प्रवेश बिगत ५ बर्ष देखि आफ्नो कुशल नृत्य प्रतिभाका कारण चर्चामा छन् । १ बर्ष नृत्य प्रशिक्षण लिएर आफुलाई निखार्दै उनले आफ्ना प्रस्तुतिहरु देश भित्र हुने मेला ,महोत्सब ,सास्कृतिक कार्यक्रमहरुमा देखाउन सफल भएका छन्।नेपाली कल्चर तथा मोर्डन डान्समा पोख्त प्रतिभाशाली प्रवेश भबिष्यमा यसै क्षेत्रमा निरन्तर लागिरहने बताएका छन।

0 comments
0 FacebookTwitterPinterestEmail

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: