Home शिक्षा

शिक्षा

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित कुशेश्वर आधारभुत विद्यालयको चार कोठे भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले एक समारोहका बिच विद्यालयको चार कोठे भवनको शिलान्यास गर्नुभएको हो ।

उहाँले विद्यार्थीलाई राम्रो सभ्यता सिकाउने जिम्मेवारी विद्यालय व्यवस्थापन र शिक्षकको भएको बताउनुभएको छ । प्रधानाध्यापक र शिक्षकले विद्यार्थीलाई सभ्यता सिकाउन नसके त्यसले विद्यार्थीको भविष्यसँगै समाजलाई नै नकारात्मक प्रभाव पार्ने उहाँको धारणा छ । विद्यालयको सरसफाइदेखि विद्यार्थीलाई सभ्यता सिकाउने कुरामा कमजोरी देखिएको बताउनुहुँदै उहाँले त्यसलाई सुधार गर्न विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई आग्रह गर्नुभयो ।

fb img 1738504208565426813050437403972

उहाँले सो विद्यालयलाई पठनपाठनको लागि कक्षाकोठाको अभाव भएकोले अर्को बर्ष थप ४ कोठाको एकतलाको भवन निर्माणको लागि पहल गरिने बताउनुभयो ।
भवनको निर्माण कार्य तारा ग्रुप अफ कम्पनीले गर्ने भएको छ । संघीय सरकारको विशेष अनुदानमा गाउँपालिकाले उक्त भवन बनाउन लागेको हो । हरिहरपुरगढी गाउँपालिकाभित्रका प्रावि विद्यालय भवनहरु निर्माण प्याकेज–२ अन्तर्गत यस विद्यालय भवनको योजना परेको हो ।

fb img 17385144918452535115286815230402

प्याकेज–२ को कूल बजेट एक करोड २६ लाख ६० हजार रुपैयाँ रहेको छ । यस आयोजनाबाट १२ सय घरधुरी लाभान्वित हुनेछन् । निर्माण कम्पनी तारा ग्रुपसँग गत कात्तिक ११ मा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ जेठ २५ सम्म प्याकेज–२ अन्तर्गतका सबै विद्यालय भवन निर्माण सम्पन्न गर्नुपर्नेछ ।

शिलान्यास कार्यक्रममा माओवादी केन्द्र हरिहरपुरगढीका इन्चार्ज ज्ञानबहादुर राई,३ नम्बर वडाका अध्यक्ष कुलबहादुर भोलन लगायत गाउँपालिकाका शाखागत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

0 comments
0 FacebookTwitterPinterestEmail

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ स्थित सरस्वती शिशुबाल प्राथमिक विद्यालय जमुनियाको चार कोठे पक्की भवनको शिलान्यास भएको छ। भवनको शिलान्याश पालिका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभएको हो ।
संघिय सरकारको शिषेश अनुदान तथा गाउँपालिकाद्धारा निर्मित भवनको वडा नम्बर ८ का वडा अध्यक्ष धन बहादुर मोक्तानको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा एक समारोहको बिच शिलान्यास गरिएको थियो ।
चालु आर्थिक बर्ष भित्रमा गाउँपालिका भित्रका ७ वटा प्राविको भवन निर्माण सम्पन्न गरिने योजना रहेको अध्यक्ष बज्रध्वज वाइबाले बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई समयावधि भित्रै इमानदारिपूर्वक गुणस्तरीय भवन निर्माण गरेर हस्तातरण गर्न निर्देशन दिनुभयो । भवनको संरचना गुणस्तरहीन भएको पाइएमा गाउँपालिकाबाट बजेट रोक्का गरिदिने समेत बताउनुभयो ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, ७ वडाका अध्यक्ष बिच बहादुर मोक्तान, वडा सदस्य छलिमाया मोक्तान,शिक्षा शाखा प्रमुख रामेश्वर पुडाशैनी, योजना शाखा प्रमुख राजु उप्रेति, इन्जिनियर बेन्जामेन श्रेष्ठ, सब इन्जिनियर विश्व थापा मगर, कमल आछामी लगायतको उपस्थित रहेको थियो ।
भवन निर्माणको लागि सिकाक हुस्से गडुर जेभिका प्रोपाइटर प्रमोद मैनालीले २०८२ जेठ २५ गते निर्माण सम्पन्न गर्ने गरि भ्याट सहित ९३ लाख ५९ हजार २५ रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् ।

0 comments
0 FacebookTwitterPinterestEmail

बागमतीः बागमती गाउँपालिका वडा नम्बर १, माझगाउँस्थित सूर्य माविलाई अक्षय कोष स्थापनाका लागि १ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । शुक्रबार विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवम् शिक्षक प्रमोद राईले अक्षयकोषका लागि १ लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।

कार्यक्रमका बीच राईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई र प्रधानाध्यापक दिल बहादुर भोलनलाई १ लाखको चेक हस्तान्तरण गर्नुभयो । हाल बागमती गाउँपालिकाको शिक्षा शाखा प्रमुखसमेत रहनुभएका राईले विद्यार्थी छात्रवृत्ति सहयोग अक्षय कोषका लागि उक्त रकम सहयोग गर्नुभएको बताउनुभयो । विद्यालयमा गरिएको यो लगानी प्रभावकारी र लाभदायक हुने उहाँले बताउनुभयो । विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला बन्ने उहाँको विश्वास छ । अन्यबाट पनि सहयोग प्राप्त भएमा उक्त अक्षयकोषलाई बलियो बनाउन सकिने पनि उहाँले बताउनुभयो ।वि.स २०४५ सालदेखि उक्त विद्यालयबाटै अध्ययन सुरु गर्नुभएका राईले ६१ माघ ३ गतेबाट विद्यालयमै निजी स्रोतबाट शिक्षण सेवामा प्रवेश गर्नुभएको थियो । राई सूर्य माविको पूर्व प्रधानाध्यापकसमेत हुनुहुन्छ ।

IMG 20241220 WA0008

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राईको सभाध्यक्ष तथा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समितिका सदस्य खड्क बहादुर पुलामी, वडा नम्बर ३ का अध्यक्ष एवम् गाउँपालिकाका सामाजिक विकास संयोजक कमान सिं पाख्रिन, विभिन्न पार्टीका प्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्षहरू तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगायतकाको उपस्थिति रहेको थियो।

0 comments
0 FacebookTwitterPinterestEmail

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ स्थित मावि कर्मिडाँडा चिसापानीको ४६औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराको उपस्थितिमा विद्यालयको ४६औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशसभा सदस्य श्रेष्ठले शिक्षाले ज्ञान, सीप र संस्कृति दिनसक्नुपर्ने भए पनि यस्ता किसिमको शिक्षा पद्धति स्थापना गर्न नसकिएको बताउनुभयो वहाले जबसम्म यस्ता किसिमका शिक्षा नीति लागू गर्न सक्दैनौं तबसम्म विदेश पलायन हुने लर्कोलाई रोक्न नसकिने बताउनुभयो । हालको शिक्षा पद्धतिले नेपालमा बेरोजगारी बढी उत्पादन गरेको भन्दै नेपालको शिक्षा नीति नै परिवर्तन गर्नुपर्ने तर्क राख्नुभयो ।
विद्यालयले वार्षिकोत्सवको अवसर पारेर पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पैकराले आफ्नो मन्तव्य राख्दै हाजिरीजवाफ प्रतियोगिता बौद्धिकस्तरका लागि निकै उत्कृष्ट मानिने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा टेवा पुर्याउने हुँदा पालिकाको हरेक विद्यालयले पनि यस्ता कार्यक्रम गर्नुपर्ने बताउनुभयो।
पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा मावि महेन्द्रझ्याडी प्रथम, मावि कर्मिडाडा चिसापानी द्धितीय र हरिहरपुर मावि घण्टे तृतीय भएको विद्यालयका प्रधानाध्यापक दिलमान घलानले जानकारी दिनुभयो । विजेताहरुलाई नगद पुरस्कार प्रमाणपत्र र मेडल सहित सम्मानित गरेको थियो जसमध्ये प्रथमलाई ७ हजार ५ सय नगद, प्रमाणपत्र र मेडल, द्धितीयलाई ५ हजार ५ सय नगद, प्रमाणपत्र र मेडल र तृतीयलाई ३ हजार ५ सय नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा १० वटा सामुदायिक विद्यालय सहभागी भएका थिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखाका यादब आचार्य, कानुनी सहजकर्ता लोकबहादुर गोले लगायतको उपस्थिती रहेको थियो ।

0 comments
0 FacebookTwitterPinterestEmail

बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा शिक्षकहरुका लागि सिर्जनात्मक कला (संगीत) सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

आइतबारबाट बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तालिम केन्द्र धुलिखेलको संयुक्त आयोजना तथा बागमती गाउँपालिकाको समन्वयमा तालिम सुरु भएको हो ।

आइतबारबाट सुरु भएको तालिममा आधारभुत तह (कक्षा ४ देखि ८) का ३० जना शिक्षकहरु सहभागिता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले जानकारी दिनुभयो । वडा नम्बर ८ स्थित जनता माविमा सुरु तालिममा इकाइ तालिम केन्द्र चितवनका हरिचन्द्र थापा र रामकृष्ण पौडेलले प्रशिक्षण गरिरहनुभएको छ । तालिम मंसिर २७ गते बिहिबारसम्म सञ्चालन हुनेछ ।

0 comments
0 FacebookTwitterPinterestEmail

१० मंसिर २०८१ सोमबार /बागमति गाउँपालिका वडा नम्बर ८ शान्तिपुर स्थित जनता माध्यमिक विद्यालयको सामाजिक परीक्षण भेला सम्पन्न भएको छ ।कार्यक्रममा प्रधानाध्यापक दिनेश माझी बहादुरले विद्यालयको प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो। त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न शिर्षकबाट भएको आम्दानी र खर्च बराबरको ५ करोड ५० लाख ५५ हजार ७ सय ६१ रुपैयाँ २७ पैसा बराबरको वार्षिक आयव्यय शिक्षक लेखापाल फिरोज बिश्वकर्माले प्रस्तुत गर्नु भएको थियो । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष छाबिलाल चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान हुनु हुन्थ्यो भने बिशेष अतिथिमा जिल्ला समन्वय समिति सदस्य खड्क बहादुर पुलामी ,बागमती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी हुनुहुन्थ्यो ।

विद्यालयका शिक्षक एबम साहयक प्रधानाध्यापक राम बहादुर थोकरको स्वागत मन्तव्यसँगै सुरु भएको सो कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी ,जिल्ला समन्वय समिति सदस्य ,वडा अध्यक्ष ईन्द्रमणि तिमल्सिना , शंकर कुमार पराजुली लगायतले मन्तव्य राख्नु भएको थियो । मन्तव्यको क्रममा गाउँपालिका अध्यक्ष घलानले लगानी अनुसारको परिणाम दिन सक्नु पर्ने बताउनु भयो। सरकार ,अभिभावक लगानी र शिक्षकहरुको मेहनतको प्रतिफल पाउने गरि अगाडी बढ्न अध्यक्ष घलानले सुझाव दिनुभयो। त्यस्तै बागमती गाउँपालिका अधिकृत ओम बहादुर दर्जीले शिक्षकहरुले आफ्नो पेशा प्रती बफादार ,इमानदार र समय सापेक्ष अपग्रेड हुनु पर्ने बताउनु भयो। यसै क्रममा विद्यालयले विषयगत रुपमा उत्कृष्ट शिक्षकहरु सम्मान भएका थिए।

c2d9b79d db69 4c5f aa55 8063995460b2

कार्यक्रममा वडा न.८ का अध्यक्ष ईन्द्रमणि तिमल्सिना ,कार्यपालिका सदस्य सुनिता नेगि ,डम्बर बहादुर विश्वकर्मा , वडा न. ७ का वडा सदस्य कनक बहादुर राई,इलाका प्रहरी कार्यलयका प्रतिनिधि राम सरण दुलाल ,जनता माद्यामिक विद्यालयको अध्यक्ष शेर बहादुर राना( छितिज) , एमाले बागमतीका अध्यक्ष नर बहादुर घलान ,नेकपा माओवादी केन्द्र बागमतीका गाउँ कमिटी सदस्य भिम प्रसाद घिमिरे , नेपाल रेडक्रस सोसाइटी फापरवारि उपबारीको सभापति शंकर कुमार पराजुली लगायतका ब्यक्तित्वहरुको आथित्यता संगै अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।। त्यस्तै कार्यक्रम सन्चालन पुर्ब प्रधानाध्यापक वसन्त राईले गर्नु भएको थियो।

0 comments
0 FacebookTwitterPinterestEmail

संघिय सरकार बिशेष अनुदान अन्तर्गत सिन्धुली हरिहरपुरगढी गाउँपालिका द्बारा वडा नं. ५ स्थित बालकल्याण प्राथमिक विद्यालयको नवनिर्मित ४ कोठे भवनको निर्माण सम्पन्न पछि आज उद्घाटन गरिएको छ । सिन्धुली  क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल “राजन” तथा पालिका प्रमुख बज्रध्वज वाईबा समुपस्थतिमा बिद्यालय भवन उद्घाटन भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा सांसद दाहालले प्राथमिक शिक्षा बालबालिकाको भविष्य राम्रो बनाउने जग भएकोले उक्त तहका विद्यार्थीलाई राम्रो शिक्षा र संस्कार दिनुपर्नेमा जोड दिनुभयो । ‘विद्यार्थीलाई भविष्यमा कस्तो बनाउने भन्ने जग बसाउने प्राथमिक विद्यालयबाटै हो । जग बलियो भएन भने घर बलियो हुँदैन । त्यसैले यस विद्यालयका विद्यार्थीहरुलाई जति राम्रोसँग पढाउनुहुन्छ, जति राम्रो संस्कार र अनुशासन सिकाउनुहन्छ, जति मिहेनत गरेर विद्यार्थीको दिमाग विकास गर्न सहयोग गर्नुहुन्छ, त्यहीँबाट उनीहरुको प्रगति सुरु हुन्छ,’ शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई लक्षित गर्दै उहाँले भन्नुभयो ।

10000171901817697634160499629

सांसद दाहालले हरिहरपुरगढीमा प्राथमिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार निर्माण र दरबन्दी सिर्जना गर्ने काममा लागिपरेको बताउनुभयो । शिक्षा क्षेत्रमा बढी लगानी गरिएको र त्यसको नतिजास्वरुप सहरमा भन्दा गाउँमा शिक्षा राम्रो हुँदै गएको उहाँको भनाइ थियो । गाउँका विद्यालयलाई सूचना र सञ्चारको पहुँचले सहज बनाएको र सूचना प्रविधिले संसारको ज्ञानसँग जोडिएको हुँदा शिक्षक तथा विद्यार्थीहरुले लाभ लिनसक्ने अवस्था बनेको धारणासमेत राख्नुभयो ।

सांसद दाहालले जनकल्याण प्राविको स्तरोन्नतिको आवश्यकतासमेत औंल्याउनुभयो । कक्षा २ सम्म मात्र पढाइ हुने यस विद्यालयका विद्यार्थीलाई त्यसपछि अर्को विद्यालय जान समस्या रहेको उल्लेख गर्नुहुँदै उहाँले कक्षा ५ सम्म स्तरोन्नति गर्नुपर्ने बताउनुभएको हो ।

‘यहाँ उत्पीडित जाति, जनजातिहरुको बस्ती छ । बस्तीको बीचमा रहेको प्राथमिक विद्यालयमा कक्षा २ सम्म मात्र पढाइ हुन्छ । अरु विद्यालयमा भन्दा विद्यार्थी संख्या राम्रो छ,’ सांसद दाहालले भन्नुभयो, ‘५९ जना विद्यार्थी अध्ययन गर्ने यो विद्यालयलाई स्तरोन्नति गर्नुपर्ने आवश्यकता बोध गरेका छौं । अर्को विल्द्यालयमा जान दूरी टाढा छ । त्यसकारण न्यूनतम पाँच कक्षासम्म पु¥याउनुपर्छ भन्ने आवश्यकता बोध गरेका छौं ।’
उहाँले विद्यालयको स्तरोन्नतिका लागि आवश्यक दरबन्दी सिर्जना गर्नका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । यसका लागि आवश्यक कागजातलगायत तयारी गर्न उहाँले विद्यालय व्यवस्थापन समितिसँग आग्रह गर्नुभयो ।

1000017191321621271743400965

विद्यालय भवन उद्घाटन समारोहमा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले आफूहरु निर्वाचित भएर आएपछि शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय काम भएको सुनाउनुभयो । ‘हाम्रो सरकार निर्वाचित भएपछि पालिकाभित्रका विद्यालयहरुमा कोटा ल्याउन धेरै संघर्ष गरियो । जसअनुसार अहिले सफल पनि भएका छौं,’ अध्यक्ष वाइबाले भन्नुभयो, ‘प्राविमा ४२ वटा कोटा ल्याउन सफल भएको छ । यसैगरी निमाविमा ४ वटा र माविमा ७ वटा कोटा ल्याएका छौं ।’

उहाँले कोटा ल्याउन गरेको दुःख नदेख्ने गुनासोसमेत गर्नुभयो । ‘अहिलेसम्म ५३ वटा कोटा आइसक्यो, यसलाई उपलब्धि देख्दैन । मास्टर (शिक्षक) आयो कि आएन भन्नेमात्रै कुरा हुन्छ । कोटा ल्याउन गरेको दुःख देख्दैन,’ अध्यक्ष वाइबाको भनाइ थियो ।
उहाँले चालु आर्थिक वर्षमा संघीय ससर्त अनुदानमार्फत विद्यालय भवनका लागि ३ करोड ८० लाख आएकोमा ६ वटा विद्यालय भवनको टेण्डर भइसकेको जानकारी दिनुभयो । अध्यक्ष वाइबाका अनुसार जीवनज्योति प्रावि जितपुरडाँडाको सूचना प्रकाशित भइ टेण्डर स्वीकृत हुने क्रममा रहेको र कालिका प्रावि कोक्टी, जनज्योति प्रावि चिसापानी यस्तै जनप्रगति प्रावि बसेरी, जनकल्याण प्रावि सानोधुम्बे, सरस्वती शिशु बाल प्रावि जमुने, कुशेश्वर प्रावि टेण्डर स्वीकृत भई सम्झौता समेत भइसकेको जानकारी दिनुभयो ।

वाईबाले नम्बरलाई पर्यटकीय क्षेत्र बनाउने कार्यको थालनी भइसकेको बताउनुभयो । दुईतिरबाट चक्रपथ बनाउन बजेट पारित भइसकेको र टावर निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो ।

‘भिमकोटको टावर संरक्षण गर्न सकिएन, पटक–पटक सोलार राखियो , त्यहाँ संरक्षण गर्न सक्दैनौं । त्यसलाई रद्द गरेर १ नम्बरमा ल्याएर टावर बनाउँदैछौं । जितपुरडाँडामा रेडियोको पनि टावर बन्छ । त्यसपछि पर्यटकहरुको अकर्षण बन्ने छ,’ उहाँले भन्नुभयो । जितपुरडाँडामै २७ लाख ५० हजार रुपैयाँको खानेपानी योजनाको पनि शिलान्यास गर्ने तयारी भइरहेको बताउनुभयो ।

पक्की भवन बनेपछि विद्यार्थी उत्साहित
हरिहरपुगढी–५ धनमनाखोलास्थित बालकल्याण प्राविमा अध्ययनरत विद्यार्थीहरु उत्साहित हुनुभएको छ । थाकलको छाप्रोमा बसेर अध्ययन गर्दै आउनुभएका उहाँहरु नवनिर्मित पक्की भवनमा पढ्न पाउने भएपछि उत्सहित बन्नुभएको हो । यहाँका अभिभावकमासमेत खुसी छाएको देखिन्थ्यो । विद्यालयको पक्की भवन उद्घाटन हुँदा उहाँहरुले खुसी व्यक्त गर्नुभयो ।

भवन अभावमा यसअघि थाकलको छाप्रोबाट पठनपाठन सञ्चालन गर्दै आएको थियो । नयाँ भवन बनेसँगै अन्य विद्यार्थीलाई समेत आकर्षित गर्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।
उद्घाटन समारोहमा दिइएको जानकारीअनुसार विद्यालय भवन ३५ लाख १५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको हो ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,वडा नं ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता कमल कुमार राई, वडा नं ५ का वडा अध्यक्ष साईला लामा, निवर्तमान उपाध्यक्ष अनिता कुमारी राई लगायत कार्यपालिका सदस्यहरु,बिद्यालयका शिक्षक शिक्षिकाहरु,शाखागत कर्मचारी, पार्टी प्रतिनिधि ,पत्रकार,स्थानिय बुद्दिजिविहरुको उपस्थित रहेको थियो।

0 comments
0 FacebookTwitterPinterestEmail


नेपालमा संघिय गणतान्त्रिक पद्धतिले गर्दा थुप्रै खालको अधिकारलाई राज्य पुनरसंरचना मार्फत स्थानिय तह स्थापित भएको सबैलाई सर्वविदितै छ ता की नेपालको संविधानले पनि शिक्षा सम्बन्धी अधिकार स्थानीय तहलाई जिम्मेवारी दिएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ मा प्रष्टै उल्लेखित छ की शिक्षाको अधिकार स्थानीय तहलाई भनेर २३ वटा बुँदामा लेखिएको छ

नेपालको सामुदायिक विद्यालयहरूको विविध खालको समस्याको समाधान गर्ने निति नियम बनाउने कार्यान्वयन गर्ने सम्मको अधिकार स्थानिय तहलाई रहेको तपाई हामीलाई थाहा छ, तर स्थानीय तह नजिक हुदा हुदै पनि शिक्षामा सकरात्मक पैरवी तरिकाले किन बढन सकिएन यो गम्भीर प्रश्न रहेको देखिन्छ, अभिभावकको नजरमा किन राम्रो विद्यालय संचालन गर्न सकिाएन संस्थागत विद्यालयमा इन्टर पास गरेकोले पढाएको राम्रो हुने नतिजा हेर्दा उसैको बढी आउने रामो आउने सामुदायिक विद्यालयमा पढाउने मास्टर गर्ने तर नतिजा शून्य हुने किन यो विषयले अहिले देशै भरि सताएको अवस्था छ। शिक्षक जागीर खान मात्र आएको हो यिनिहरु दिन कटाउन मात्र विद्यालयमा उपस्थित भएको हो, यिनिहरु बाट समाज रुपान्तरण हुदैन भन्ने देखिन्छ । यस विषयमा राजनितिक दल समाजसेवि शिक्षा पेमी शैक्षिक सरोकारमंच जस्ता व्यक्तिहरु एक ठाउमा गोल बढ़ा भएर छलफलको विषय गर्नु पर्ने देखिन्छ । शिक्षामा राजनितिक भन्ने शब्द टाढा राख्नै पर्ने देखिन्छ, विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक अभिभावक संघ गठन, विद्यालयमा विकासे कार्यक्रम पर्दा खेरि पाटीकरण, आफ्नोले गरेको सबै ठिक अरुले गरेको सबै बेठिक यो प्रवृति जहिले सम्म हटदैन तव सम्म शिक्षामा परिबर्तको नारा तपाई हामीले लिनु बेकार हो, यो मेरो निजि विचार । जति पनि शैक्षिक क्षेत्रको अब्बल भन्ने मान्छे समाज रुपान्तरणको लागी लागेर केही गर्छ भनेर आफनो प्राण त्यागेर लागेको हुन्छ, यसले अब केही परिवर्तण गर्न खोज्दै छ है भनेर खुटटा तान्ने तिर लागेकै हुन्छ।

अव के गर्ने ? राम्रो लाई राम्रो भन्ने जुन खालको परिपाटी सोचाई नेपाली समाजमा हटिसकेको हो की भन्ने शंका लाग्न थालेको छ ,अव त कम्तीमा अरु केही गर्न नसके पनि तपाईले गरेको यो काम राम्रो छ भनेर स्यावासी त दिन सकिन्छ होला नि त्यो हाम्रो बर्तमान समाजमा कमै मात्र देखिन्छ । फरक कुरा यही हो की हामी शिक्षण पेशामा लागेका मित्रहरुले सवै भन्दा पहिला आफनो पदिय जिम्मेवारी के हो त्यो बुझन जरुली देखिन्छ। मैले कन हद सम्मा कार्य गर्दा सम्पुर्ण विद्यार्थी, अभिभावक लगायत राजनितिक दल,संघसस्था ,गैर सरकारी सस्थामा विश्वास दिलाउन सकिन्छ त्यो कार्यामा विश्वास्तता भएर हिन्ने हो भने हामी किन पछि परिन्छ त निति नियम बनाउने त्यसको कार्यान्वयन गर्ने कार्य स्थानिय सरकारबाट अनिवार्य भएकै छ मात्र त्यसको अनुशरण गर्ने कार्य विद्यालय प्रशासन शिक्षक मित्रहरु विद्यालय व्यवस्थपन समिति शिक्षक अभिभावक संघ लगायतका मानिसहरुले गर्ने हो।

लेखक : बुद्ध बहादुर रुम्बा: प्रधानाध्यापक,श्री आधारभुत विद्यालय बसेरी हरिहरपुरगढी गाउँपालिका १ सिन्धुली

0 comments
0 FacebookTwitterPinterestEmail

आजकाल नेपालका सामुदायिक विद्यालयका शिक्षा सुकेर चुम्रेको वस्तु जस्तै भयो ।मेरो विद्यालयमा आफू अध्ययन गरेको समय र शिक्षण कार्यकालको १८ वर्षको अनुभवबाट के कुरा बुझ्दै छु कि,मानिसको आयु अर्थात अवस्था सङ्गै शिक्षा नि वुढाे यसो लेख लेख्दै गर्दा मलाई नि होइनन् हो जस्तो लाग्छ तर यसको तात्पर्य के हो भने, हाम्रो सामुदायिक विद्यालय नसुध्रीनुको मुख्य कारण बन्दै छ (विदा) सामुदायिक विद्यालयको गुणस्तर वारे धेरैजसो ले धेरै विषयमा रिसर्च गरेका देखिन्छ पर्याप्त तालीम प्राप्त शिक्षकको अभाव,भौतिक अवस्थामा कमी, शैक्षिक लगानीमा कमी,राजनीति अस्थिर,शिक्षक मित्रहरूको लापरवाही ,पाठ्यक्रममा दाग,नीतिनिर्माता र कार्यन्वयनमा फितलो इत्यादि ।तर यी सबै कुरामा सहमत हुँदै पनि मेरो व्यक्तिगत अनुभव के हो ?भन्ने प्रश्नको जवाफ हो( विदा) अर्थात विद्यालय बन्द।

नेपालमा राष्ट्रिय वार्षिक शैक्षिकसत्र २२० दिन विद्यालय खोली औसतमा १८० दिन पढाइ हुने भनी तोकिएको छ।३६५ दिनमा जम्मा १८० दिन शैद्धान्तिक पढाइ ४९.३१ % विद्यालय खोली ८ -१० विषयको परीक्षा सञ्चालन गरि दक्ष जनशक्ति खोजीमा छौ ।अझ कतिपय सामुदायिक स्कुलहरु त ८० – १०० दिन पनि नखोलेको र खोले पनि पढाइ नभएको महसुस अनि हामी देशविकासको नारा लाउछौ ,शिक्षामा गुणस्तर खोज्छौ।केरा रोपेर कागतीको आशीर्वाद दिने हाम्रो मान्यता कर्कलाको पातको पानी जस्तै नभई के हुन्छ र?शैक्षिक विकेन्द्रीकरण अलव शिक्षा हेर्नं अधिकार स्थानीय तहमा आइसकेपछि कम्तीमा पनि विद्यालय शिक्षाका लागी स्थानीय शिक्षाको मोडेल बनाइ आजको परिवेश अनुरूप ५० % सैद्धान्तिक र ५० % प्रयोगात्मक शिक्षण कार्य सुरुवात गरेमा अवश्य पनि गरि खाने र बजारमा बिग्ने शिक्षा प्रदान गर्न सकिन्छ नत्र शिक्षाको लगानी बालुवामा पानी जस्तै हुनेमा दुई मत छैन भन्ने मेरो व्यक्तिगत विचार छ।

नेपालको शिक्षा प्रणालीमा वर्ष बिदा ४५ दिन ,परीक्षा बिदा, स्थानीय बिदा जातीयतामा आधारित विभिन्न पर्व बिदा ,मुख्य पर्व मानिने दशै ,तिहार को एक महिना लामो बिदा ।यी विविध विदाहरुलाई तपाईं हामी सबै मिलेर घटाइ कम्तीमा पनि स्थानीय तहको शिक्षा ५० % सैद्धान्तिक र ५० % प्रयोगात्मक रुममा फिल्डमै गर्ने व्यवस्था भएमा हामीले अरुको देशमा पसिना बगाउनु पर्दैन थियौ । अन्त्यमा, म के लेख्न चाहान्छु भने यत्रो लामो विदामा म र हामी शिक्षकमा अन्योलपन बढने,र विध्यार्थी नानिबाबुहरुले पनि गलत संगत रोजि सिकेका विषयवस्तु विस्मारण हुने हुँदा ,विविध खालको विदाहरु खारेजी गरि विद्यालय सञ्चालन हुने वार्षिक कार्य दिन बढाइ एक शैक्षिक क्रान्ति गरौं ।एक शिक्षित र नमुना रोजगारिले भरिपुर्ण हरिहरपुरगढी गाउँपालिका निर्माणका लागि परिकल्पना गरौं ।

लेखक:डिल बहादुर घलान- श्री मा वि कर्मिडाँडा चिसापानी,हरिहरपुरगढी गाउँपालिका -१ चिसापानीका प्रधानाध्यापक हुनुहुन्छ।

0 comments
0 FacebookTwitterPinterestEmail

वालवालिकामा लगानी,सुनिश्चित भविष्यकाे थालनी “भन्ने नाराका साथ ६०‍‌ओेैं राष्ट्रिय वालदिवस सिन्धुलीको हरिहरपुरगढीमा पनि मनाइयो।
हरिहरपुरगढी गाउँपालिकाको सभा हलमा “शैक्षिक गुणस्तर अभिवृध्दिमा स्थानिय सरकारकाे भूमिका” नामक शीर्षकमा पालिका स्तरिय अन्तर माध्यमिक बिधालय बकतृत्वकला प्रतियाेगिता पनि सम्पन्न भएको छ।कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि पालिका अध्यक्ष बज्रध्वज वाइबाले बालबालिकाको हक अधिकारको पक्षमा सदैब चनाखो तथा बालमैत्री पालिकाको पक्षमा रहेको र पालिकाको शैक्षिक स्तर पहिले भन्दा धेरै सुधार हुदै गएको बताउनुभयो।

459553310 815579127314531 3766564773332817784 n 1

कार्यक्रममा बिशिष्ठ अतिथि पालिका उपाध्यक्ष चेख बहादुर थिङ,वडा नम्बर २ का वडा अध्यक्ष विश्व राई, शिक्षा शाखा प्रमुख यम कुमार अछामे,शिक्षा शाखा सहायक प्रेमबहादुर वि.क. ,नेपाल शिक्षक महासंघ हरिहरपुरगढी शाखा अध्यक्ष जितबहादुर राना ,शिक्षक ,कर्मचारी ,बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो।पालिका स्तरिय अन्तर माध्यमिक बिधालय बकतृत्वकला प्रतियाेगितामा प्रथम स्थान मा.वि. पान्तले क्यानेश्वर ,दाेस्राे स्थान मा.वि. महेन्द्रझ्याडी र मा.वि.तिनकुनाले तेसो स्थान हासिल गरेका थिए।

0 comments
0 FacebookTwitterPinterestEmail

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: