Home Breaking News

Breaking News

बकैया: बकैया गाउँपालिका-४ स्थित श्री बाघभैरब आधारभुत विद्यालयलाई सामग्री प्राप्त भएको छ। शुक्रबार एक कार्यक्रमका बिच स्थानीय समाजसेवि ज्ञान बहादुर घलानले विद्यालयको प्रधानाध्यापक सिंग बहादुर सुनारलाई दस थान धारासहितको जार उपलब्ध गराउनुभएको हो ।

कार्यक्रममा बोल्दै घलानले उक्त सामाग्रीहरुले विद्यार्थीहरु धारासम्म पानी पिउन जाने समयको बचत हुने बताउनुभयो । यस सहयोगले शुद्ध पानी पिउन पाउने आशा र विश्वास समेत ब्यक्त गर्नुभएको छ । कार्यक्रम विद्यालय ब्यबस्थापन समिती अध्यक्ष सुनिल बोम्जनको सभाध्याक्षता र समिति सदस्य भिम लाल लुङबा, शान्ती मोक्तान, बेलिमाया टुप्पा, शिक्षिका सुनकुमारी स्याङ्तानको उपस्थितिमा भएको उक्त कार्यक्रम शिक्षक सुरेन्द्र मोक्तानले संचालन गर्नुभएको थियो ।

0 comments
1 FacebookTwitterPinterestEmail

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा गाउँ कार्यपालिकाको  २० औँ गाउँ सभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको सभाअध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा,८ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको उपस्थितीमा २० औँ गाउँ सभाको हिउँदे अधिवेशन सम्पन्न भएको हो ।

fb img 17375810794097052655558947111639

अधिवेशनको सुरुमै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले गाउँ कार्यपालिकाको कार्यालयको २० औँ गाउँ सभाको हिउँदे अधिवेशनको सुभारम्भ भएको घोषणा गर्नुभएको थियो ।

गाउँ सभामा पारित प्रस्तावहरुमा मासु प्रशोधन कारखाना स्थापनाका लागि नदी उकास जग्गा उपयोग गर्न दिने, नदी उकास जमिनहरुमा कृषि फार्म सञ्चालनका लागि अनुमति दिने, इलाका प्रहरी कार्यालय माग गर्ने, सरसफाइकर्मीको सुविधा थप गर्ने, पोस्टमार्टम सेवा सञलन गर्ने, स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्ने लगायत छन् ।

fb img 17375813909373857462198024447056

यसैगरी गाउँप्रहरीको रासनभत्ता, संघ तथा प्रदेश सरकारसमक्ष पेस गर्ने योजनाहरु, योजना संशोधन तथा रकमान्तर, कर्मचारीको तलबी प्रतिवेदनका साथै विभिन्न ऐन नियम पारित गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले विकासको अवस्था, बजेटको खर्च विवरण, राजस्व सङ्कलन, कार्यक्रमको उपलब्धि, गुनासो र समस्याका बारेमा प्रष्ट्याउनु भएको थियो ।

fb img 17375813945932822006626813281850

अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को विधि र पद्धतीलाई स्थापित गरेर लैजान सकियो भने सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

0 comments
0 FacebookTwitterPinterestEmail

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ सानो बखफरमा बोलेरो दुर्घटना हुदा एकको मृत्यु र २ जना घाइते भएका छ्न ।

हिजो राती श्रीपुरदेखी जखौलीतर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुदा जादै गरेको मार्वल लोड गरेको ना ३ च ५९७६ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

चालक सर्लाही बाग्मती न.पा. वडा नं. ११ बस्ने बर्ष अन्दाजी ३९ को जगमोहन राउतलाई नियन्त्रणमा लिइएको बागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चालक सामान्य घाइतेको तथा गम्भीर घाईते हरिहरपुरगढी -२ का सानो बखफर अन्दाजी २० बर्षिय कैलाश राई गम्भीर घाईते भैइ उपचारको लागी स्थानिय पोलिक्लनिक झनझनेमा लगिएको त्यहा उपचार हुन नसके पछि हेटौडा स्थित चुरेहिल अस्पताल लगिएकोमा राती ९ बजेर ४० मिनेटमा डाक्टरले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।गाडिमा जम्मा ७ जना सवार थिए । अन्य सामान्य घाइते भएको र उपचार हरिहरपुरगढी – २ झनझने स्थित हरिहरपुरगढि पोलिक्लिकमा सामान्य उपचार पछि घर फर्किएको प्रहरिले जनाएको छ ।

0 comments
0 FacebookTwitterPinterestEmail

मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमण बाट एक महिलाको ज्यान गएको छ।आईतबार मनहरी ५ घर भएकी बर्ष ७२ को कान्छी माया रुम्बालाई बाघले ज्यान लिएको हो ।

आफ्नै बारीमा बेलुकी ४ बजे तिर घाँस काट्न गएकी रुम्बाको खोजी कार्य गर्न जङ्गल तिर गएका स्थानियहरु फर्केर वारि तर्फ हेर्न जादा रुम्बालाई बाघले बोकि जङ्गल तर्फ लैजादै गर्दा गाउँलेले कराउदा रुम्बाको शब छोडी भागेको थियो ।

बारिमा घाँस काट्न गएकी रुम्बाको चप्पल,डोको र मोबाईल छरपस्ट अवस्थामा रहेको र मृतक रुम्बाको टाउको , पेट र शरीरको अन्य केही भागहरु खाएको अवस्थामा भेटिएको मनहरी ५ नम्वर वडाका अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । सोही वडामा केही महिना अगाडि मात्रै भैंसी खाई गाउँलेलाई त्रशीत पार्दै आईरहेको थियो । सोही बाघले मान्छे मारेको आशंका गरिएको छ ।

0 comments
0 FacebookTwitterPinterestEmail

मदन भन्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी -३ बनौलीमा कारको ठक्करबाट एक बालिका घाइते भएकि छिन । पुष्कर पोखरेलले चलाएको बा १६ च ९० नम्बरको कारले बाटो क्रस गर्दै गरेको स्थानिय ५ बर्षिय अनिशा राईलाई ठक्कर दिदा टाउकोमा चोट लागेको हो ।

घाईते बालिकालाई उपचारको लागि उनकै कारमा राखी उपचारको लागि हेटौडा लगिएको बागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।हाल बालिकाको चितवन स्थित पुरानो चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरिले जनाएको छ।

0 comments
0 FacebookTwitterPinterestEmail

किराँत समुदायको महान् उधौली पर्व आज धुमधामका साथ मनाइदैँछ । किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ ।

हिउँद सुरु भएपछि जाडो छल्न मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने समयमा मनाइने उधौली पर्वका अवसरमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै राम्रो फसलका लागि भूमिप्रति आभार व्यक्त गर्दै अन्नको सह बसोस् भन्ने कामनासहित भूमिको पूजागर्ने गरिन्छ ।

यस अवसरमा किराँत युवायुवती र वृद्धवृद्धासमेत परम्परागत पहिरनमा ढोल र झ्याम्टाको तालमा सामूहिक रूपमा साकेला नृत्य गर्दै रमाइलो गर्दछन् । खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर पूर्णिमाको दिनको यो उधौली पर्वलाई सुनुवारले फोलस्याँदर, राईले उधौली सकेला, याक्खाले चासुवा र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् । किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ। उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ। यस्तै उधौली-उभौलीले ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ ।

0 comments
0 FacebookTwitterPinterestEmail

बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटनामा परेको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिएका छन् । जिप अनियन्त्रित भई रुखमा ठोकिएको थियो । दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब राईले जानकारी दिए । मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो ।

दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

rautahat gadi accident1201470785532355872
0 comments
0 FacebookTwitterPinterestEmail

सिन्धुली । प्रेस चौतारी नेपाल सिन्धुली शाखाले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको सिन्धुलीमाढीस्थित कार्यालयमा तालाबन्दी गरेको छ।

केन्द्रीय कार्यसमितिले सार्वजनिक गरेको सदस्यता नामावलीमा असन्तुष्टि जनाउँदै चौतारी सिन्धुलीले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष कृष्णहरि घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएर तालाबन्दी गरेको छ।

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यताका विषयमा सिन्धुली जिल्लाका क्रियाशील पत्रकार सम्बद्ध संघसंगठनहरुका अध्यक्ष एवम् प्रतिनिधि र नेपाल पत्रकार महासंघ सिन्धुली बिचमा सहमति  भई पत्रकार महासंघ जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेर प्रदेशलाई पठाएकोमा सो सङ्ख्यामा आफू खुसी प्रदेश समितिले किर्ते गरी सदस्य सङ्ख्या थप गर्न भनी केन्द्रीय समितिलाई पठाएको र सो सङ्ख्यालाई महासंघको केन्द्रले समेत कायम गरेकोले  प्रेस चौतारी नेपाल सिन्धुलीले ध्यानकर्षणपत्र सहित तालाबन्दी गरेको जनाएको छ।

जिल्ला शाखाले गरेको सर्वसम्मत नामावली सिफारिसमा मनपरी गर्ने, आफूखुसी सङ्ख्या थप्ने, जालझेलपूर्ण काम गर्ने बागमती प्रदेश समितिप्रति खेद व्यक्त गर्दै सो किर्ते कामलाई अस्वीकार गर्ने प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष वाई.पी. विनयले बताए ।  उनले सिन्धुली शाखाले सर्वसम्मत पठाएको नामावली अनुसारको सदस्यता कायम नभएसम्म  सिन्धुली शाखा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने, थपिएको भनिएको सदस्यता सङ्ख्यालाई आधार मानेर मङ्सिर २८ गते तोकिएको निर्वाचन हुन नदिने विनयले चेतावनी चेतावनी समेत दिए।

महासंघ केन्द्रीय समितिले गरेको निर्णय तत्काल नसच्चाएर सार्वजनिक सदस्यता सूचीकै आधारमा बलपूर्वक निर्वाचन गराउन खोजिए प्रेस चौतारी नेपाल सिन्धुली शाखाले निर्वाचनको कुनै पनि गतिविधि सञ्चालन गर्न समेत नदिइने उनले बताए ।

0 comments
0 FacebookTwitterPinterestEmail

ललितपुरको खुमलटारस्थित एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास नजिकै शंकास्पद बस्तु फेला परको छ ।
महानगरिय प्रहरी बृत्त सातदोबाटोका अनुसार प्रचण्ड निवास प्रवेश गर्ने चोक खुमलटारको साङपाङ चोकमा शंकास्पद् बस्तु फेला परेको हो ।
नेपाली सेनाको डिस्पोजल टिमले सो बस्तुको पहिचान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
केही समयअघिसम्म सो ठाँउमा प्रहरीको अस्थायी पोष्ट राखिएको थियो । पछिल्लो समय यहाँ प्रहरीको ड्युटी राखिएको थिएन ।

0 comments
0 FacebookTwitterPinterestEmail


सर्लाही र सिन्धुलीको सिमाना स्थित हरिहरपुरगढी गाउँपालिका ६, स्थित सिन्धुली सर्लाही कर्मैया सडक खण्डमा अज्ञात समुहको गोली प्रहारबाट एक जना प्रधानाध्यापक गम्भिर घाइते भएका छन ।

गोली लागेर मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ निवासी प्रेम बहादुर बोम्जन गम्भिर घाइते भएका हुन । अज्ञात समुहले प्रहार गरेको गोली बोम्जनको बायाँ बंगारा मुनी अडकिएको प्रहरीले जनाएको हो ।
घटना लगतै सर्लाहीको बागमती नगरपालिका–११, स्थित इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी सहायक निरीक्षक कलम बहादुर साहीको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुगेको थियो । घाइतेलाई तत्काल उद्धार गरी सर्लाहीको बागमती स्थित बागमती मोडल अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि बारा रिफर गरिएको प्रहरीले जनाएको छ ।
बोम्जन रौतहटको गैयाटार स्थित आफन्तको घरबाट बागमती–झनझने सडक हुँदै ना ४० प ६६४६ नम्बरको मोटर साइकलमा घर फर्कदै गर्दा ३/४ जनाको समुहमा रहेका अज्ञात समुहले आक्रमण गरेको प्रहरीको भनाई छ ।उनि मकवानपुर जिल्लाको बकैया गाउँपालिका स्थित बुद्ध माध्यामिक विद्यालय हात्तीसुँडेका प्रधानाध्यापक समेत रहेको खुलेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो । घटना स्थल सर्लाही सँग सिमाना जोडिएको स्थान भएको र सिन्धुलीको प्रहरी टोली घटना स्थल जादैँ गरेको उहाँले बताउनुभयो । तत्कालका लागि घटना स्थल सर्लाही प्रहरीले सुरक्षित गरेको थियो ।

0 comments
0 FacebookTwitterPinterestEmail

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: